Birendranagar Municipality

यी हुन् एमाले र माओवादीको भागमा परेका मन्त्रालय

सेरोफेरो
यी हुन् एमाले र माओवादीको भागमा परेका मन्त्रालय

१० फागुुन । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँट गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहिबार भएको छलफलमा मन्त्रालय भागवण्डाको टुंगो लागेको हो ।


जस अनुसार एमालेले अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, सञ्चार, संघीय मामिला तथा सामान्य प्रशासन लगायत १० मन्त्रालय राखेको छ भने माओवादी केन्द्रले गृह र उर्जासहित ७ मन्त्रालय पाएको छ ।

 

भागवण्डा टुंगिएसँगै दुबै पार्टीका नेताहरु मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । यसअघिनै दुई दलबीच संघीय नेपालमा मन्त्रिपिरषदको कार्यालयसहित १८ मन्त्रालय राख्ने सहमति जुटेको थियो ।

 

एमालेको भागमा परेका मन्त्रालय
अर्थ तथा योजना
परराष्ट्र
रक्षा
भौतिक पूर्वाधार तथा यातायात
संघीय मामिला तथा सामान्य प्रशासन
सूचना सञ्चार
कानुन, न्याय तथा संसदीय मामिला
पर्ययन
शिक्षा तथा खेलकुद
स्वास्थ्य तथा जनसंख्या

 

माओवादीको भागमा परेका मन्त्रालय
गृह
जलस्रोत तथा ऊर्जा
उद्योग, वाणिज्य तथा आपूर्ति
शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
वन तथा वातावरण
कृषि, सहकारी तथा भूमि व्यवस्थापन
श्रम तथा रोजगार तथा महिला बालवालिका

२०७४ फागुन १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्