२५ वैशाख, काठमाडौं- चीनले अघि सारेको वान बेल्ट वान रोड 'ओबर' को अबधारणामा नेपालले हस्ताक्षर गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद वैठकले उक्त अबधारणामा सहमति जनाउने निर्णय गरेको हो ।
केही दिनमै परराष्ट्रमन्त्रीको उपस्थितिमा काठमाडौंमा उक्त सहमति पत्रमा हस्ताक्षर हुँदैछ । सहमति पत्रमा परराष्ट्र सचिव र चीनका राजदूतले हस्ताक्षर गर्नेछन् ।
ओबर चीनको आन्तरिक विकास र विदेश नीतिको संयोजन हो । जसमार्फत चीनले चीन बिरोधी गतिविधि रोक्ने र अन्तर्राष्ट्रिय व्यापार बढाई दीर्घकालीन आर्थिक विकास गर्ने नीति अङ्गीकार गरेको छ । ओबर योजनामा युरोप र एशियाका ६४ देश सहभागी छन् । यस अवधारणा अन्तर्गत प्राचीन समयको सिल्क रोड लाई आधुनिकीकरण गरी खुला व्यापार क्षेत्र निर्माण गर्ने योजना रहेको छ ।
चीन भ्रमणमा जाँदा प्रधानमन्त्री प्रचण्डले ओबरमा हस्ताक्षर गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिकृया दिनुहोस्