११ फागुन । केपी ओली सरकारले हाल कायम रहेका ३१ मन्त्रालयलाई एक आपसमा गाभेर केन्द्रमा १७ मन्त्रालय बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो । यस निर्णयश्चात् अब सघीय नेपालमा प्रधानमन्त्रीको कार्यालयसहित १८ मन्त्रालय मात्र रहने छ ।
यस्तै बैठकले प्रधानमन्त्री ओलीको प्रमुख सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री लालबाबु पण्डितले जानकारी दिए । रिमाल एमाले पोलिट्व्युरो सदस्य समेत हुन् । २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा रिमाल राजनीतिक सल्लाहकार थिए ।
प्रतिकृया दिनुहोस्