Birendranagar Municipality

मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

सेरोफेरो
मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई

११ फागुन । नेकपा एमालेले मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने जिम्मा ओलीलाई दिएको हो । 


बाम गठबन्धनको बहुमत देखाएर ओली प्रधानमन्त्री बनेतापनि मधेशवादी दललाई समेत मिलाएर दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न पार्टीले अध्यक्ष ओलीलाई म्यान्डेट दिएको सचिव योगेश भट्टराईले बताए ।

 

उनका अनुसार ओलीले माओवादी, संघीय समाजवादी फोरम र राजपासँग छलफल गरेपश्चात् मात्र सरकार विस्तार गर्नेछन् । उनले भने, ‘भूगोल, पार्टीभित्र योग्यता क्षमता र समावेशीता मिलाएर प्रधानमन्त्रीले पार्टी नेताहरुसँग राय परामर्श लिएर मन्त्रीहरुको छनौट गर्ने निर्णय भएको छ ।’

 

अध्यक्ष ओलीको जन्मदिन समेत परेकोले केक काटेर स्थायी समिति बैठकको शुरुवात गरिएको थियो ।

२०७४ फागुन ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्