१२ फागुन । प्रदेश ६ को नाम के हुन्छ होला ? स्थायी राजधानी कहाँ हुन्छ होला? सबैलाई कौतुहलको विषय बनेको छ । यद्धपी बाम गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र माओवादी केन्द्रले नाम र राजधानीका बारेमा यसअघि नै टुंगो लगाइसकेका छन् । दुबै दलले उक्त प्रदेशको राजधानी सुर्खेत बनाउने र नाम कर्णाली राख्नेमा सहमति जनाएका थिए ।
यद्धपी नेपालको संविधान अनुसार प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रावधान छ । जसको लागि शनिबार प्रदेश सभा बैठक बस्दैछ । तर प्रदेश संसदले भने नाम र राजधानी दुबैमा विकल्पसहित प्रस्ताव सभामा लैजान लागेको छ । उपसभामुख पुष्पा घर्तीका अनुसार नामका लागि ‘भेरी-कर्णाली’ र ‘कर्णाली’ प्रस्ताव गरिएको छ भने राजधानीका लागि 'सुर्खेत' र 'जुम्ला' प्रस्तावित छ ।
प्रदेश सभाको चौथो बैठक शनिबार दिउँसो एक बजे बस्ने छ । जसले दुरगामी महत्वको विषय नाम र स्थायी राजधानीबारे औपचारिक निर्णय गर्नेछ । प्रदेश ६ आन्दोलनको बलमा प्राप्त प्रदेश हो । सरकारले तोकिदिएको अस्थायी राजधानी सुर्खेतबाटै हाल प्रदेश सरकारले काम कारवाही सञ्चालन गरेको छ । हाल संकेतका लागि प्रदेशको नाम 'प्रदेश ६' मात्र राखिएको छ ।
गत बुधबार निर्धारित बैठक सांसदहरुको अनुपस्थितिका कारण बस्न सकेको थिएन । महत्वपूर्ण एजेण्डामा बस्न लागेको बैठकमा पनि सांसदहरु अनुपस्थित भएपछि आलोचना भएको थियो । शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन सबै राजनीतिक दलहरुले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् ।
प्रतिकृया दिनुहोस्