१२ फागुन । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो' भन्ने नाराका साथ शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नगर सरसफाई कार्यक्रममा प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु, प्रदेश सचिवलगायत विभिन्न सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका पदाधिकारी तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा काम गर्ने नागरिक दोस्रो दर्जाको र बसेर खाने पहिलो दर्जाको हुँदासम्म समाज समृद्ध बन्न नसक्ने मुख्य मन्त्री शाहीको भनाई थियो । उनले भने, 'जबसम्म मनैदेखि प्लाष्टिक टिप्न लाज लाग्छ तबसम्म नगर फोहर नै बन्छ । हामीमा हीनताबोध हुनुहुँदैन । फोहर थुप्रिएको यस प्रदेशलाई सफा बनाउन सबै जुट्नुपर्ने आवश्यकता छ ।'
नगर सरसफाईको कार्यक्रम वीरेन्द्रनगर नगरपालिकाको नियमित कार्यक्रम हो । तर कहिलेकाही जम्मा भएर फोहर टिप्नुको साटो फोहर व्यवस्थापनको उपयुक्त पद्धति निर्माण गर्नु आवश्यक रहेको नगरबासीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्