१३ फागुन । मुगुमा परापुर्व काल देखी संचालनमा रहेका पानी घट्ट विस्तापित हुन थालेका छन् । पछिल्लो समय आधुनिक घट्टको प्रयोग बढ्न थालेपछि पानी घट्टहरु विस्तापित हुन थालेको हो ।
घट्ट चलाउन पर्याप्त पानीको आवश्यकता हुने भएकाले पनि पानीको मूल सुक्ने समस्याले गर्दा यस प्रति आर्कषण घट्दो क्रममा रहेको छ । जलवायु परिवर्तनका कारण पानीका मूल सुक्दै जाने क्रम बढ्दो छ । घट्ट घरबा धेरै टाढाको दुरीमा रहने भएकोले पनि आउन जान जोखिम थियो । अहिले पानी घट्टको विकल्पको रुपमा मानिसले कुटानी पिसानी मिलको प्रयोग गर्न थालेका छन् ।
आर्थिक रुपमा मिल महंगो पर्ने भएपनि समय र दुरीका हिसावमा नजिक हुने भएकोले यसको प्रयोग बढ्दै जान थालेको हो । पानी घट्टमा कुटानी पिसानीको लागि २/३ घण्टा सम्म लगाएर जानु पर्ने बाध्यताबाट पाइएको छायाँनाथ रारा नगरपालिकाका स्थानीयबासी बताउँछन् । हाल नगरपालिका भित्र आधा दर्जन बढी आधुनिक मिल संचालनमा रहेका छन् ।
सांसद कोषबाट मिल स्थापना
यस्तै नगरपालिकाको वडा नम्बर ५ ढुमगाउँमा गाउँलेको सक्रियतामा कुटानी पिसानी मिल संचालनमा आएको छ । १ वर्ष लगाएर निर्माण गरिएको मिल संचालनमा आएपनि आफुहरुलाई कुटानी पिसानी गर्न सजिलोले भएको स्थानीयले बताएका छन् । आर्थिक वर्ष २०७३/७४ को सांसद कोषको १५ लाख ८ हजार र ३ लाख बराबर जनश्रमदान गरि जम्मा १८ लाखमा उक्त मिल संचालनमा आएको हो ।
यसबाट ढुम गाउँका ३०० जना लाभान्वित भएका छन् । मिलमा धान, मकै कुट्ने, धुलो पिस्ने लगायातका काम गर्ने निर्माण उपभोक्ता समितिका अध्यक्ष जानदेखी बुढाले बताइन् । यसले गर्दा टाढाको दुरीमा रहेका पानी घट्टमा जानुपर्ने बाध्यताबाट छुटकारा मिलेको उनको भनाई छ । यद्यपी अहिले पनि मुगुका अधिकांशले पानी घट्टको प्रयोग गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्