Birendranagar Municipality

रेशम चौधरीले अदालतसामु आत्मसमर्पण गरे

सेरोफेरो
रेशम चौधरीले अदालतसामु आत्मसमर्पण गरे

१४ फागुन । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार मानिएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले अदालत सामू आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका चौधरीले बिहिबार बिहान करीब ११ बजे कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन्।

 

कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार चौधरीले पौने ११ बजे अदालतसामू उपस्थित भएर आत्मसमर्पण गरेका थिए । २०७२ साल भदौ ७ गते टिकापुरमा भएको थरुहट आन्दोलन हिंसात्मक हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। उक्त घटनापश्चात् प्रहरीले उनलाई ‘मोस्ट वाण्टेड’ सूचीमा राखेको थियो।

 

चौधरीले वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए। निर्वाचनमा विजयी भएपनि उनले हालसम्म प्रमाणपत्र लिएका छैनन् । उनले वारेस मार्फत् प्रमाणपत्र पाउनुपर्ने माग राखेका थिए । तर, अदालतले निर्दोष भए उनलाई अदालत आउन भनेको थियो।

२०७४ फागुन १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्