Birendranagar Municipality

सरकारमा थपिए चार मन्त्री, पोखरेल रक्षा, गृहमा बादल

सेरोफेरो
सरकारमा थपिए चार मन्त्री, पोखरेल रक्षा, गृहमा बादल

१४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन् । ओलीले सोमबार नेकपा एमाले र माओवादी केन्द्रका २/२ जना गरी जम्मा चारजनालाई मन्त्रिपरिषद सदस्य बनाएका हुन् ।

 

एमाले महासचिव इश्वर पोखरेल रक्षा मन्त्री बनेका छन् भने माओवादीका बरिष्ठ नेता रामबहादुर थापा बादल गृहमन्त्री बनेका छन् । पोखरेल प्रधानमन्त्रीपछि दोस्रो बरीयतामा रहनेछन् । 

 

यसैगरी एमालेका युवराज खतिवडा अर्थमन्त्री र माओवादीका मातृका यादवले उद्योगमन्त्रीको रुपमा शपथ लिएका छन् । थापा पूर्वरक्षामन्त्री हुन् भने खतिवडा योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्वगभर्नर हुन् ।

 

यससंगै ओली मन्त्रिमण्डल ७ सदस्यीय बनेको छ । ओली सरकारमा उपप्रधानमन्त्री छैनन् ।

२०७४ फागुन १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्