Birendranagar Municipality

मुगुका सांसद शाहीद्वारा राजीनामा फिर्ता

सेरोफेरो /सुर्खेत
मुगुका सांसद शाहीद्वारा राजीनामा फिर्ता

१५ फागुन । कर्णाली प्रदेशका सांसद चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन् ।


प्रदेशको सरकार गठनमा पार्टीले अपमानजनक व्यवहार गरेको भन्दै शाहीले सांसद तथा पार्टीको सल्लाहकार पद दुवैबाट फागुन ७ गते राजीनामा दिएका थिए ।


मुगुको प्रदेशसभा (ख) बाट निर्वाचित शाही कर्णालीका एमाले नेताहरुमध्ये सिनियर मानिन्छन् । प्रदेश सरकार गठन गर्दा पार्टीका नेताहरु पैंसाको प्रलोभनमा परेको समेत आरोप लगाएका थिए ।


पार्टीले गल्ती स्वीकार गर्दै अबका दिनहरूमा यस्तो कार्य नगर्ने बताएपछि आफूले राजीनामा फिर्ता लिएको सांसद शाहीले बताए । उनले मौखिक रुपमा राजीनमा फिर्ता लिएको र मंलगबार हुने प्रदेश सभाको बैठकमा सहभागि हुने पनि जानकारी दिए ।


शाहीको राजीनामा बारे पार्टी स्थायी कमिटीमा छलफल भएको र नेतृत्वले केही कमी–कमजोरी भएको ठहर गरेको प्रदेश संयोजक युवराज ज्ञवालीले पत्रमार्फत जनाएका छन् । साथै संयोजक ज्ञवालीले शाहीलाई पत्र लेखी राजीनामा र्फिता लिन र पूर्ववत जिम्मेवारीहरुमा फर्किन समेत निर्देशन दिएका छन् ।


शाही कर्णाली प्रदेशको सभामुखका दाबेदार थिए । सभामुख र मन्त्री केही पनि नदिई पार्टीमा कम लगानी र योगदान दिएकालाई अवसर दिइएपछि शाहीले अपमानित भएको भन्दै हुलाकमार्फत कर्णाली प्रदेशका सभामुखलाई राजीनामा पठाएका थिए ।

 

२०७४ फागुन १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्