Birendranagar Municipality

मतगणना स्थानीय तहमै

मतगणना स्थानीय तहमै

२६ बैशाख, काठमाडौं– स्थानीय तहको निर्वाचनको मतगणना स्थानीय स्तरमा हुने भएको छ । मतपेटिका ओसार पसारमा सुरक्षा चुनौति हुने भन्दै निर्वाचन आयोगले स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने निर्णय गरेको हो ।


मतगणना कहाँ र कहिले गर्ने भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई हुने कानुनी व्यवस्था छ ।


पहिलो चरणको स्थानीय तह निर्वाचन तीनवटा प्रदेशमा बैशाख ३१ गते हुँदैछ । निर्वाचन दुई चरणमा हुने भएपछि मतदान सम्पन्न हुनासाथ मतगणना गर्न राजनीतिक दलहरु सहमत भएका छन् ।

२०७४ बैशाख २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्