फागुन १५ । नेपालको संबिधान २०७४ को धारा १६८ को उपधारा ४ बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको तिस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । शाहीलाई फागुन ३ गते प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मंगलबार बसेको पाँचौ संसद बैठकबाट मन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । मन्त्री शाहीले संसद समक्ष आफूलाई विश्वासको मत दिइयोस् भनी राखेको प्रस्तापमा हुन्छ भन्ने पक्षमा ३२ र हुन्न भन्ने पक्षमा ६ मत परेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका ५ जना र राप्रपा नेपालकी शोसिला शाहीको मत हुन्न भन्ने पक्षमा परेको थियो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद समक्ष पेश गरेको प्रस्ताव माथि छलफल गर्दै नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेकपा एमाले एक्लै सरकार बनाउने अवस्थामा हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिक सहमतिका कारण माओवादी केन्द्रलाई सहयोग गरेको बताएका छन् ।
छलफलमा भाग लिंदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकारलाई आफू र आङ्खनो दलले विश्वास गरेपनि सरकारलाई सचेत गराउनको लागि मत दिन नसक्ने बताए ।
यस्तै नेकपा माओवादी केन्द्रकी सीताकुमारी नेपाली र राप्रपा नेपालकी शोसिला शाहिले समेत छलफलमा भाग लिएका थिए । अर्को सुचना प्रकाशित नभएसम्मका लागि संसद बैठक स्थगित भएको छ ।
प्रतिकृया दिनुहोस्