तस्बिर : रासस
१६ फागुन । मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रसंगको सहकार्यमा ६ खर्ब रुपैयाँ लागनी गर्ने अर्थमन्त्री डा. युवाराज खतिवडाले घोषणा गरेका छन्। आर्थिक विकासको लक्ष्य हासिल गर्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको पनि उनले बताए।
रोजगारी सिर्जना गर्न औद्योगिक विकास अपरीहार्य रहेको र त्यसको लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको मन्त्री खतिवडाको भनाइ छ । सरकारले २ खर्बसम्म लागनी गर्ने र बाँकी निजी क्षेत्रबाट जुटाउने तयारी रहेको पनि उनले बताए । जसका लागि आवश्यक पर्ने संरचनागत सुधार भैरकेको छ ।
प्रतिकृया दिनुहोस्