Birendranagar Municipality

नेत्रविक्रम चन्द 'विप्लव'लाई पक्रन आदेश

सेरोफेरो
नेत्रविक्रम चन्द 'विप्लव'लाई पक्रन आदेश

१६ फागुन । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्रन प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका वडा नम्बर ९ स्थित चन्दको घरमा पक्राउ पूर्जी टाँस गरी खोजी कार्य जारी राखेको हो ।


प्रहरी नायव उपरिक्षक (डिएसपी) नरेन्द्रकुमार कार्कीका अनुसार जिल्ला अदालत भोजपुरको आदेशबमोजिम उनको घरमा पक्राउ पूर्जी टाँस गरिएको हो । अदालतले विस्फोटक पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा चन्दलाई अदालतसामु उपस्थित गराउन पत्राचार गरेको छ ।

२०७४ फागुन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्