१७ फागुन । होली रंगहरुको पर्व हो । फागुन शुक्ल पूर्णिमाको दिन मनाइने होली पर्व मनाउनेको संख्या बढ्दै गएको पाइन्छ ।
बिहिबार देशका विभिन्न भागमा होली खेलिएको छ भने शुक्रबार तराईमा होली धुमधामका साथ मनाइन्छ । होलीमा सार्वजनिक विदा दिइएको छ ।
विभिन्न रंगको माध्यामबाट एक आपसमा सद्भाव साट्न होली मनाइने गरेतापनि पछिल्लो समय होली मनाउने तरीकामा परिवर्तन आएको छ । लोला हान्ने, जवर्जस्ती रंग दल्ने, होहल्ला गर्ने, अत्याधिक मदिरा सेवन गर्ने जस्ता कार्यले होलीलाई कुरुप बनाएको छ ।
होलीको समयमा गलत कृयाकलाप गरेको भन्दै देशभरबाट करीव पाँचसय जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि विभिन्न कार्यक्रमका साथ होली सम्पन्न भएको छ । होलीको अवसरमा सांगितिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।विभिन्न क्याम्पसहरुमा मैत्रीपूर्ण होली कार्यक्रमको आयोजना गरिएको थियो भने कतिले साहित्यिक माहौलमा होली मनाएका थिए ।
सेरोफेरोले सुर्खेतमा कैद गरेका होलीका केही दृश्य हेर्नुहोस् ।
प्रतिकृया दिनुहोस्