१८ फागुन । जिल्लाको विकट मानिएको मुगुम कार्मारोङ्ग गाउपालिकाका उपाध्यक्ष छिरिङ तामाङ पहिला सामान्य कृषि पेसा गर्ने गर्छिन् । तर अहिले उनको दैनिकी फेरिएको छ । उनलाई अहिले गाउँपालिकाको बैठक, छलफल र अन्तरक्रियामा सहभागिता जनाउन भ्याईनभ्याई छ ।
उनको अधिकांश समय सदरमुकाममा अवस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा वित्छ । सेवाग्राहिहरु चार दिनको पैदल हिंडेर सदरमुकामस्थित कार्यालयमा सेवा लिन आउँछन् ।
स्थानीय तहले के के काम गर्ने हो ? उपाध्यक्षको जिम्मेवारी के हो ? भन्ने थाहा नहुँदा उनलाई अन्यौलता हुने गरेको छ । तामाङ भन्छिन्, 'हामीलाई खासै जिम्मेवारीको विषयमा जानकारी छैन, सेवा दिन अन्यौल भएको छ ।'
यति मात्र होईन धेरै कार्यक्रमको प्रमुख आतिथि र सभाध्यक्षको भुमिका निर्वाह गर्न पनि यहाँका महिला जनप्रतिनिधिहरुलाई असहज हुने गरेको छ । जिल्लाका चार स्थानीय तह मध्ये नगरपालिका बाहेक अन्य तीन वटा गाउँपालिकाका उपाध्यक्ष कृषक महिला नै छन् ।
छायाँनाथ रारा नगरपालिका उपप्रमुख सुन्तला रोकाया पुर्व शिक्षक हुन् । जिल्ला समन्वय समिति मुुगुकी उपसंयोजकले पनि औपचारिक शिक्षा हासिल गरेकी छैनन् । नगरपालिका प्रमुखदेखि वडा सदस्यसम्म पुर्व शिक्षक देखि निरक्षर महिला जनप्रतिनिधि छन् ।
मुगु कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ९ की सदस्य तथा गाउँ कार्यपालिका सदस्य जैशीकला बुढाले आफ्नो जिम्मेवारीको विषयमा आफुलाई हालसम्म पनि केही थाहा नभएको बताइन् । उनले भनिन्, 'हामीलाई कुनै प्रकारको अभिमुखीकरण समेत गरिएको छैन । न त कुनै तालिम नै दिईएको छ । त्यसै काम गर्न कहाँ सकिन्छ ।'
प्रतिकृया दिनुहोस्