१८ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया सहित अन्य तिन जनाले सर्वोच्चमा बयान दिंदै छन् । सर्वोच्च अदालतले शुक्रबार दुई बजे कान्तिपुरका व्यवस्थापक तथा पत्रकारहरु संग बयान लिने भएको हो ।
प्रधान न्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्रसम्बन्धी समाचारले अदालतको मानहानी गरेको भन्दै सर्वोच्चले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीसँग बयान लिन लागेको हो।
प्रधानन्यायाधीश पराजुलीको जन्ममितिका विषयमा कान्तिपुरमा प्रकाशित समाचारले अदालतको अवहेलना भएकोभन्दै अधिवक्ता तोयानाथ ढुङगानाले फागुन ९ मा रिट निवेदन दर्ता गराएका थिए।
प्रधानन्यायाधीशको विषयमा लेखिएको समाचारसम्बन्धी मुद्दाको सुनुवाइ प्रधानन्यायाधीशको इजालसमा गरिएको थियो । फागुन १३ मा पत्र बुझेको ७२ घण्टामा अदालतमा उपस्थित भएर बयान दिन उनको इजालसले आदेश गरेको थियो।
माघ २७ गते कान्तिपुरले प्रधानन्यायाधीशका चार जन्ममिति शीर्षकमा समाचार प्रकाशित गरेको थियो।
प्रतिकृया दिनुहोस्