१८ फागुन । समयको गतिसंगै प्रविधिको समेत विकास भएको छ । समाज विकास संग संगै अपराधहरु घट्ने क्रम तिव्र छ । सुचना र प्रविधिको अभावमा घटना घटेको निकै बेर पछि मात्र प्रहरीको उपस्थिती हुने गर्दछ । घटना स्थलमा प्रहरी ढिलो पुग्नुको कारण सुचना ढिलो प्राप्त हुनु र प्रविधीको अभाव नै हो ।
तर अब साईरन बज्न बित्तिकै प्रहरी घरमै आईपुग्ने भएको छ । विरेन्द्रनगर नगरपालिका वडा नम्वर ६ प्रगती टोलमा सामुदायिक साईरनको जडान गरिएको छ । टोलमा हुने विभिन्न घटना तथा अपराधलाइ रोक्नको लागी डिजिटल साईरन जडान गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले गरेका छन् ।
जडित डिजिटल साईरनबाट एक जनाले (म्यासेज ) पठाउंदा प्रहरीको कन्टा«ेल सहित अन्य पांचजनालाई म्यासेज जाने भएकोले घटना स्थलबाट अपराधिलाई पक्रन यसले सहयोग पुग्ने डिएसपि विरबहादुर वलीले बताए ।
टोलमा कुनै घटना घटेमा वा अपराधिक गतिविधी भएमा निश्चित नम्वरवाट एसएमएस पठाउने व्यवस्था गरिएको र उक्त एसएमएस जडित साइरनमा प्राप्त भए लगतै साइरन बज्ने संगै प्रहरीलाइ समेत जानकारी हुने वलीले बताए ।
घटना घटेमा प्रहरीलाइ फोन गर्नुनपर्ने भएकाले यो प्रविधि निकै उपयोगी हुने र छिटो भन्दा छिटो अपराधिलाई समात्नका लागी यो प्रविधि एकदमै उपयोगी भएको एआईजि रणबहादुर चन्दले बताए ।
आन्तरिक मामीला तथा कानुन मन्त्री नरेश भण्डारीले विकास र समृद्धि हेर्न अन्य प्रदेशबाट आगन्तुक कर्णाली प्रदेशमा बोलाउने खालको वातावरण सिर्जना गर्नका लागी सबै लाग्नुपर्ने बताएका छन् । डिजिटल प्रदेश बनाउने अभियानसंग सामुदायीक साईरन जडानको कार्यक्रम पनि जोडिने भएकोले यसरी नै सबै टोलटोलमा साईरन जडान गरी अपराधलाई न्युनिकरण गर्न सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
बिजुली बाट चल्ने यो प्रविधि बत्ती नभएको बेलामा समेत ५० घण्टासम्म काम गर्ने बताईएको छ ।
प्रतिकृया दिनुहोस्