१९ फागुन । हुम्लाको सिमकोटमा शुुक्रवार राती भएको आगलागीमा करीब डेढ करोडको क्षति भएको छ । सदरमुुकाम सिमकोटबाट चार दिन पैदल लाग्ने ताँजाकोट गाँउपालिका वडा नम्वर १ काँडाजिमानाको घटवनामा रहेका घर गोठमा भिषण आगालागी हुुँदा पशु तथा धनको क्षति भएको हो ।
स्थानीय हरिबहादुुर रिठालको गोठवाट राती सल्केको आगो नियन्त्रणमा लिन नसक्दा ठूलो मात्रामा पशुुवस्तुु, अन्नपात, लत्ता कपडा भाँडाकुुँडा जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक कमलप्रसाद नेपालले बताए ।
आगलागीबाट २८ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् भने एक सय ५० वाख्रा जलेर मरेका छन् । ११ बजे सल्केको आगो राती ३ बजेमात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि पीडितको विचल्ली भएको स्थानीय जगतबहादुुर शाहीले बताए ।
आगलागी पीडितलाई शनिबारै गृृह मन्त्रालयले राहत उपलब्ध गराएको छ । कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले घटनास्थलमै गएर शनिबार राहत वितरण गरेका हुन् । उनले आगलागी पीडित २८ घरधुरीका परिवारलाई खाद्यान्न, टेण्ट, कम्वल र भाँडाकुँडा वितरण गरेका थिए ।
राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, हुुम्ला जिल्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुुर लामाको पनि उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्