१९ फागुन । प्रदेश ६ आइडलको तेस्रो अडिसनमा सुर्खेतबाट १८ जना कलाकार छानिएका छन् । वैैशाख पहिलो साता सम्म फाइनलको तयारीमा रहेको आइडलले प्रदेश ६ का विभिन्न जिल्लाबाट अडिसन लिइरहेको छ ।
सुर्खेतबाट कलाकारहरु लोमन गिरी, आषिश बुढा, खाड जि परिवार, खगिसरा शाहि, महेन्द्र बि क, विपना चन्द, लक्ष्मी कुमारी मल्ल, पुजा रोकाय, पेमा सन्डुप लामा, हिम्मत शाहि, रवी वर्ड, विराज थापा मगर, सागर हमाल, शंकर हमाल, अर्जुन पुन मगर, सावित्री अधिकारी, झलक पोखरेल, चन्द्रन घर्ती मगर रहेका छन् ।
उक्त अडिसनका लागि निर्णायकको भूमिकामा कलाकारहरु यज्ञ गिरी, डम्मर आचार्य र धर्मराज गिरी रहेका थिए । चौथो अडिसन फागुन २६ गते वीरेन्द्रनगरमा हुने सिंगारो म्युजिकका कार्यकारी निर्देशक बिशाल ढकालले बताए । प्रदेश ६ का दशै जिल्लाबाट अडिसन शुरु भइराखेको आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्