Birendranagar Municipality

सर्वोच्चको कार्यक्रममा गएनन् प्रधानमन्त्री

राज्यका प्रत्येक अंगका काम कारबाही र क्रियाकलाप संविधान अन्तर्गत नै सञ्चालित हुनुपर्दछ । संविधान भन्दा बाहिरका कुनै पनि क्रियाकलाप वा व्यवहार स्वीकार्य हुँदैन।
सर्वोच्चको कार्यक्रममा गएनन् प्रधानमन्त्री

२६ बैशाख, काठमाडौं– कानुन दिवसको अवसर पारी सर्वोच्च अदालतले गरेको कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित भएका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कानुनमन्त्री अजय शंकर नायक तथा महान्यायाधीवक्ता रमण कुमार श्रेष्ठ समेत अनुपस्थित रहेका थिए ।


हरेक बर्ष भव्यताका साथ सम्पन्न हुने कानुन दिवस यस बर्ष खल्लो भएको महसुस गरिएको छ । प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएबाट न्यायपालिका र कार्यपालिकाबीच सम्बन्ध चिसिएको हो ।


कार्यक्रममा बोल्दै प्रधान न्यायाधीश सुशीला कार्कीले राज्यका प्रत्येक अंगको काम कारवाही र क्रियाकलाप संविधान अन्तर्गत सञ्चालन हुनुपर्ने बताइन् । उनले भनिन्–'संविधान भन्दा बाहिरका कुनै पनि क्रियाकलाप वा व्यवहार स्वीकार्य हुँदैन ।'


कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्द बहादुर पुनको उपस्थिति रहेको थियो ।

२०७४ बैशाख २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्