फागुन २० । प्रतिनिधिसभाका जेष्ठ सदस्यको रूपमा महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्यको रूपमा तारादेवी भट्टले सपथ ग्रहण गरेका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्।
भट्टले नेपाली र ठाकुरले मैथिली भाषामा सपथ लिएका छन्। उनीहरुले आजै बानेश्वरस्थित संघीय संसद भवनमा निर्वाचित सांसदलाई सपथ खुवाएका छन् ।
यसअघि सांसद महेन्द्र राय यादवले जेष्ठ सदस्यका रुपमा सपथ लिने भनिएको थियो । उमेर विवाद भएपछि यादव शपथ ग्रहण कार्यक्रममा अनुपस्थित रहेका छन् ।
सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको समेत उपस्थिति रहेको थियो।
प्रतिकृया दिनुहोस्