२१ फागुन । गाडीको ठक्करबाट मोटरसाईकिलमा सवार दुई जना घाईते भएका छन् । भेरीगंगा नगरपालीका १२ मसिनामा विहान करिब साढे ७ बजेतिर घटना भएको अस्थायी टा«फिक प्रहरी पोष्ट छिन्चुका प्रहरी जवान हरी लामीछानेले सेरोफेरोलाई बताएका छन् ।
नेपालगञ्जदेखी जुम्लातर्फ जाँदै गरेको भे ५ प २०७९ नम्बरको पल्सर मोटरसाईकिललाई सुर्खेतदेखी नेपालगञ्ज जांदै गरेको बा १५ च ८९८ नम्बरको महेन्द्र स्कर्र्पीयोले ठक्कर दिएको थियो ।
गाडिको ठक्करबाट घाईते भएका जुम्ला चन्दननाथ ७ बस्ने अन्दाजी २४ बर्षका गोबिन्द महत र उनकी श्रीमति अन्दाजी वर्ष २३ की प्रतिमा न्यौपाने घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागी नेपालगञ्ज विस्र्टन हस्पीटलमा पठाईएको छ ।
मोटरसाईकिलमा सवार दुई दम्पत्ती दुवैको दाहिने खुट्टामा गम्भिर चोट लागेको बताईएको छ । स्कार्पीयो सुर्खेतका व्यावसायी विजय ढकालको रहेको प्रहरी जवान लामीछानेले बताए ।
प्रतिकृया दिनुहोस्