२२ फागुन । राष्ट्रपतिको उम्मेदवार छान्न एमाले स्थाइ कमिटीको बैठक मंगलबार बस्दै छ । राष्ट्रपतिको लागी एमालेका वरिष्ठ नेता झलनाथ खनाल र राष्ट्रपति विद्यादेवि भण्डारी विच आफ्नो पक्षमा तीव्र लबिङ भइरहेका बेला यस विषयमा छलफल गर्न एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।
एमाले र माओवादी बीच एमालेलाई राष्ट्रपति दिने सहमति भए पनि एमालेले अझै यसको टुंगो लगाउन सकेको छैन ।
फागुन २९ का लागि तय भएको राष्ट्रपति चुनावमा दुवै जनाले इच्छा देखाएपछी स्थाइ कमिटी बाट टुङ्गो लगाउन खोजिएको हो ।
सेरोफेरो संग कुरा गर्दे एमालेका उपाध्यक्ष युवराज ज्ञावालीले राष्ट्रपति उम्मेदवार र अन्य विविध विषयमा बैठकमा छलफल हुने जानकारी दिए । उनले भने 'वर्तमान राष्ट्रपतिलाइ पनि दोहोर्याउने वा नयाँ उम्मेदवार अगाडी सार्ने कुनै एक निर्णय हुन सक्छ ।'
बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
प्रतिकृया दिनुहोस्