२२ फागुन । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्पुर्ण दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । साथै सवैको भावनालाइ समेट्न समेत आग्रह गरेका छन् ।
यस क्रममा दलहरुले ओली नेतृत्वको सरकारका वारेमा मिश्रीत प्रतिक्रिया दिएका छन् । बैठकको शुरुमा बोल्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाइ फकाउने प्रयास गरे । निकै भावुक शैलीमा लामो समय लिएका नेपालले "यो देश डुब्नै लाग्यो किनारा लगाइदेउ, सपुत छौ कि कोही माझी बचाइदेउ" गित लाइ सम्झीएका थिए ।
संसदमा सम्वोधनको क्रममा देउवाले प्रधानमन्त्री केपी ओलीलाई बधाइ दिए । उनले 'देउवाले चुनावै गराउँदैन भन्नुहुन्थ्यो' अहिले प्रधानमन्त्री हुनुभएको छ’ भन्दै ओलीलाइ व्यङ्ग्य गर्दे बधाइ दिएका थिए ।
उनले संविधान संशोधन हुनैपर्ने कुरामा जोड दिदै मधेसी दलका नेतालाई फकाउने समेत प्रयास गरेका थिए ।
सम्वोधनका क्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले मिलेर देशलाई एकतावद्ध बनाउँदै समृद्धिको बाटोमा जानुपर्ने बताए । एकहातले ताली बज्दैन भन्दै उनले शान्ति प्रक्रियामा कांग्रेसले खेलेको भूमिकालाई पनि स्मरण गरे ।
उनले आफू सधैं नेपाली राजनीतिको मध्यविन्दु र केन्द्रविन्दुमा रहेको बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन सरकारले संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस्