२२ फागुन । प्रधानमन्त्री एंव एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई बर्थडे सरप्राइज दिएका छन् । राष्ट्रपतिको उम्मेदवार छान्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समितिको बैठक बस्न सबै नेता भेला भएका थिए ।
बैठक शुरु गर्ने तरखर गर्दै गर्दा प्रधानमन्त्री ओलीले एकैछिन है भन्दै आफ्ना सहयोगीलाई इशारा गर्नुभएको थियो । सबै नेता एकैछिन अक्क न बक्क भए । यति ठुलो बैठकमा के गर्न लाग्नु भयो प्रधानमन्त्रीले भन्दै सबै नेता मुखामुख गर्दै थिए । सो कुरा टुगिंन नपाउदै भित्रबाट केक आयो ।
नेपाल आफै सरप्राइज हुनुभयो । ओली र उनकी पत्नी राधिका शाक्यले पुष्पगुच्छा प्रदान गर्दै नेपाललाई जन्मदिनको शुभकामना प्रदान गरे। एमाले नेता झलनाथ खनालले पनि नेपाललाई पुष्पगुच्छा दिदै शुभकामना दिए ।
प्रधानमन्त्री ओली र नेपालले संग संगै केक काटेका छन् । माधवकुमार नेपालको जन्म विसं २००९ सालमा रौतहट जिल्लाको गौरमा एक उच्च ब्रामण कुलमा भएको हो।
(जनताटाइम्सको सहयोगमा)
प्रतिकृया दिनुहोस्