Birendranagar Municipality

विद्या भण्डारी फेरी राष्ट्रपति बन्ने

सेरोफेरो
विद्या भण्डारी फेरी राष्ट्रपति बन्ने

२३ फागुन । राष्ट्रपति विद्यादेवि भण्डारी फेरी राष्ट्रपति बन्ने निश्चित भएको छ । एमाले स्थाइ कमिटी बैठकले भण्डारीलाइ राष्ट्रपतिको लागी अगाडी सार्ने निर्णय गरेको हो ।

 

मंगलवार मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार टुङ्गो लगाएको हो ।

 

राष्ट्रपतिका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि इच्छा देखाएका थिए । तर, भण्डारीको नाममा सहमति जुटेको छ । अव खनाल पार्टीभित्र सक्रिय राजनितीमा रहने छन् ।

 

भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् । राष्ट्रपति चयनका लागि बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ । राष्ट्रपनिको निर्वाचन फागुन २९ गते हुनेछ ।

 

वाम गठबन्धनको प्रष्ट बहुमत भएको अवस्थामा उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा उपस्थिती हुने भए पछि भण्डारी राष्ट्रपनि बन्ने निश्चित देखिन्छ । प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको निर्वाचक मण्डलले राष्ट्रपति चयन गर्नेछ ।

२०७४ फागुन २३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्