२३ फागुन । कर्णाली प्रदेशमा महिलाका लागी बजेट छुट्याउन कुनै कन्जुस्याइ नगर्ने कार्यवाहक मुख्यमन्त्री तथा आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।
उनले भने ‘आर्थिक मामीला तथा योजना मन्त्रालय बाट कर्णाली प्रदेशका महिलाका लागी बजेट छुट्याउन हामी कुनै कञ्जुस्याइ गर्दैनौ तर बजेटलाई सम्बन्धित निकायले सहि ठाउँमा लगानी गर्नुपर्दछ ।’ मन्त्रालयका तर्फबाट महिलाका लागी कहां र कति बजेट चाहिन्छ त्यसमा अाफ्नाे विशेष पहल रहने मन्त्री ज्वालाले बताए ।
१०८ औँ अन्तराष्ट्रिय महिला दिवशको अवसर पारी बुधबार वीरेन्द्रनगरमा नेपाल नेत्रहिन संघ परियोजना सुर्खेत, परिवर्तनका लागी युवा अभियान, सेरोफेरो डट कम तथा विभिन्न गैरसरकारी संस्थाको समन्वयमा आयोजित कर्णाली प्रदेशका महिलाहरुको अवस्था र भावि रणनितिक योजनाहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सामाजिक विकास मन्त्री दल रावलले सामाजिक विकास मन्त्रालयमा महिलाको प्रत्यक्ष पंहुच पुग्ने गरी कामको थालनी गर्ने बताएका छन् । उनले भने ‘कर्णाली प्रदेशका महिलाहरुले आजसम्म भोग्दै आएका समस्या आगामी दिनमा भोग्न नपरोस् भन्नका लागी काम अगाडि बढाउने छु ।’ उनले फरक क्षमता भएकाहरुका लागी समेत अपाङ्गमैत्री मन्त्रालय बनाउने प्रतिवद्धता व्यक्त गरे ।
सामाजिक विकास मन्त्रालय अन्तर्रगत महिला तथा बालबालीकाको कार्यक्षेत्र पनि पर्ने भएकोले कर्णाली प्रदेशमा परम्परागत सोचका कारण समाजले पछि पारेका र अबसरबाट बञ्चित भएका महिलाहरुका लागी विशेष पहल गर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै सांसद पद्मा खड्काले छलफलका क्रममा उठेका विषयहरुलाई पनि संवेदनशिल भएर निति निर्माणका क्रममा समाबेश गर्ने बताएकी छन् । कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयकी उपप्रध्यापक कमला तिवारीको अध्यक्षता तथा आर्थिक मामीला मन्त्री प्रकाशज्वालाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्