Birendranagar Municipality

'गरीबको पार्टी एमाले'

२६ बैशाख, सुर्खेत– नेकपा एमाले गरीबहरुको पार्टी भएको नेतृ शान्ता चौधरीले बताएकी छन् । स्थानीय तहको चुनाव प्रचार प्रसारका क्रममा मंगलबार सुर्खेतको नयाँ गाउँमा उनले उक्त कुरा बताएकी हुन् ।


नेकपा एमाले वर्गीय मुक्तिका लागि लडेको पार्टी हो, उनले भनिन्–‘यो थारु, कमैया, मजदुर, हलिया, सुकुम्बासीको पार्टी हो ।’ आफू १८ बर्ष जमिन्दारको घरमा कम्लरी भएर बस्दा गरीब हुनुको पीडा महसुस भएको पनि उनले बताइन् । उनले भनिन्– ‘थारु जातिलाई कमैया र कम्लरी राखिएको थारु भएका कारण नभई गरीब भएकाले हो ।’


नेकपा एमालेले बर्गीय मुक्तिका लागि धेरै काम गरेको उनको भनाई थियो । चौधरीले थारुहरुलाई राजनीतिक रुपमा सचेत हुन पनि आग्रह गरिन् । ‘लोकतन्त्रमा जसले जुन पार्टी पनि रोज्न सक्छ यद्धपी थारु समूदाय राजनीतिमा आउनु जरुरी छ’, उनले भनिन् ।


संसदको प्राकृतिक स्रोत साधन समितिका पूर्व सभापति चौधरी नेकपा एमालेकी केन्द्रीय सदस्य हुन् । 

भिडियो हेर्नुहोस् :

२०७४ बैशाख २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्