Birendranagar Municipality

निशुल्क योग विज्ञान शिविर वीरेन्द्रनगरमा शुरु

सेरोफेरो
निशुल्क योग विज्ञान शिविर वीरेन्द्रनगरमा शुरु

२४ फागुन । निशुल्क योग विज्ञान शिविर २०७४ वीरेन्द्रनगरमा विहिवार देखि शुरु भएको छ । २८ गते सम्म संचालन हुने शिविरमा विभिन्न योग, आर्युर्वैदका वारेमा जानकारी गराइने पतंञ्जलि योग समिति भेरी अञ्चल इन्चार्ज शिवराज जैसीले जानकारी दिए ।

 

"नियमित योग, व्यवस्थित आहार बिहार हाम्रो चाहना स्वस्थ वीरेन्द्रनगर" भन्ने मुला नाराका साथ शिविर संचालन भएको छ । शिविरको उद्घाटन गर्दे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले योग सवैको लागि ज्यादै नै उपयोगी भएकाले यसलाइ नियमित गरी स्वस्थ जिवन जिउन सवैलाइ आग्रह गरे ।

 

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका उप मेयर मोहनमाया ढकालले योग विज्ञान भएको र यसले निरोगीहरु जन्माउने भएकाले नियमीत योग गर्न आवश्यक रहेको बताइन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले स्वस्थ रहनको लागि योग, आहार विहारमा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

शिविर वीरेन्द्रनगर नगरपालिकाको आयोजना, भेरी अञ्चल आयुर्वैद औषधालय र पतंञ्जलि योग समिति सुर्खेतको समन्वयमा संचालन भइरहेको छ । योग शिविरमा पतंञ्जलि योग समिति नेपालका अध्यक्ष लव देव मिश्र, पतंञ्जलिका रिता कार्की र आयुर्वैद डक्टर विनोद घिमिरेले योग , प्रवचन तथा आयुर्वैदका वारेमा पाँच दिन सम्म जानकारी दिने जनाइएको छ । 

 

शिविरमा दुइ हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।

IMG_5902

IMG_5897

IMG_5903

 

२०७४ फागुन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्