Birendranagar Municipality

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली

सेरोफेरो
 महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर : प्रधानमन्त्री ओली

२४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताएका छन् । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताएका हुन् ।

"नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी"

‘यस्ता कुराहरुको अन्त्यका लागि सरकारले शिक्षा,सचेतना,कानुनी एवं व्यवहारिक रुपमा प्रभावकारी कदम उठाउने विश्वास दिलाउन चाहन्छु’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । सरकारका विभिन्न प्रयास हुँदाहुँदै पनि गुणस्तरीय शिक्षा, आधारभुत स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा महिलाको पहुँच अझै पनि न्यून भएको प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ‘यस्तो अवस्थाको सुधारका लागि सबै सरोकारवाला निकायहरुले अझै प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ ।’

 

नीति निर्माण तहमा महिलाको संख्या बढाउन संवैधानिक रुपमा विशेष प्रवधान राखिएको प्रधानमन्त्री ओलीको भनाइ छ । राष्ट्रपति ,उपराष्ट्रपति मध्ये एकजना महिला, सभामुख, उपसभामुख मध्ये एकजना महिला, राष्ट्रिय सभाको अध्यक्ष वा उपाधक्ष्य मध्ये एकजना महिला, प्रदेशको सभामुख, उपसभामुख मध्ये एकजना महिला र स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला राख्ने प्रावधान महिला शसक्तिकरणका लागि महत्वपूर्ण फड्को भएको प्रधानमन्त्रीको भनाइ छ ।

 

नेपालको संघीय संसदमा ३३ प्रतिशत भन्दा बढी, प्रदेशसभामा ३४ प्रतिशतभन्दा बढी र स्थानीय तहमा ४० प्रतिशत भन्दा बढी महिला प्रतिनिधिहरु निर्वाचित हुनु विश्वकै लागि प्रेरणादायी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । महिला हक अधिकार प्राप्तीका लािग संविधान, विभिन्न अन्तराष्ट्रिय महासन्धीहरुमा नेपाल पक्ष राष्ट्र भएको स्मरण गराउदै प्रधानमन्त्री ओलीले ति सन्धी सम्झौताको पालनमा सरकार गम्भिर रहेको बताएका छन् ।

PM Press Note 1

PM Press Note 2

२०७४ फागुन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्