Birendranagar Municipality

१० दिनदेखि सिमकोटमा विद्युत आपुर्ति बन्द

रत्न भण्डारी (रबिन)/हुम्ला
१० दिनदेखि सिमकोटमा विद्युत आपुर्ति बन्द

२४ फागुन । सिमकोट र खार्पुनाथ गाँउपालिका हुम्लामा विद्युत आपुर्ती गर्दै आएको हिल्दुुम साना जलबिधुत आयोजनाको १० दिनदेखी बन्द हुँदा हुम्ला सदरमुकाम अन्धकार भएको छ । पावर हाउससम्म पानी आपुर्ती गर्ने पेनस्टिक पाईप, फर्बे ट्याङ्की र मुहानसम्मको नहरको अवस्था जिर्ण भएको छ ।


यस बर्ष हिमपात कम हुुँदा पानीको श्रोत कम भए पछि पावर हाउसमा पानी आपुुर्ती गर्ने पेनस्टिक पाईपमा हावा छिरेर फुटेको हिल्दुुम साना जल बिधुुत आयोजनाका प्राविधिक गब्बर लामाले बताए । पावर हाउस देखि फर्बे ट्याङ्कीसम्मको जडान भएको कुुल ३ सय ६५ मिटर पेनस्टिक पाईप मध्ये १ सय ३८ मिटरमा पानी चुहीने गरेको प्राबिधिक लामाले बताए ।


पावर हाउसमा रहेका एक सय ८१ वटा ब्याट्री समेत काम नगर्ने अवस्थामा रहेका छन । करिव असी घन मिटर क्षेमताको फर्बे ट्याङ्की पनि धेरै ठाँउमा चुुहिने गरेको आयोजनाका प्राविधिक बृृष सिंह दमाईले सेरोफेरोलाइ बताए ।


संचालनमा आएको चार बर्ष पछि मर्मत सुुरु गर्न थालिएको आयोजनाका पेनस्टिक पाईप फेर्न दुुई वर्ष अगाडी पाईप खरिद तथा ढुवानीका लागि टेण्डर भएर पावर हाउसमा पाईप आएको भए पनि त्यसको जडानतर्फ आयोजना उदासिन देखिएको छ ।


फागुन १४ गते बेलुुका देखि विद्युत अबरुद्ध हुुँदा समेत आयोजनाले तदारुकता देखाउन सकेको छैन । जसका कारण इलोक्ट्रोनिक्स पसलहरु तथा ईन्टरनेट तथा मोवाईल सेवा सवै बन्द छन् । जसका कारणा सिमकोटमा संचालित दुई वटा सामुुदायीक रेडियोहरु मध्य रेडियो कैलाश र रेडियो कर्णाली आवाजको प्रसारणमा समेत समस्या देखिएको छ ।

 

आयोजना प्रमुुख र बिद्युत बितरण केन्द्र प्रमुुख समेत लामो समयदेखि जिल्लामा नरहेको र विद्युत गृहको मर्मतमा समेत कठिनाइ भएको पत्रकार महासंघका अध्यक्ष अर्जुन बोहोराले बताए । उक्त आयोजनाको क्षमता पाँच सय किलोवाट भएपनि दुुई सय ५० किलोवाट मात्र विद्युत उत्पादन गर्ने गरेको छ । २१ करोड लागतमा तयार आयोजना २०६४ साल जेठ १४ गतेवाट संचालनमा आएको हो ।

२०७४ फागुन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्