Birendranagar Municipality

"महिलाको सहभागीता बिना कर्णालीको विकास सम्भव छैन"

सेरोफेरो

२४ फागुन । आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जिवन स्तर रुपान्तरण भन्ने मुलनाराका साथ १०८ औं अन्तराष्ट्रिय महिला दिवस कर्णाली प्रदेशको सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाईएको छ ।


विरेन्द्रनगर नगरपालीका तथा विभिन्न महिलाअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले मंगलगढि चौकबाट र्‍याली निकाली बजार परिक्रमा गर्दै खुल्लामञ्चमा गई कार्यक्रम गरेका थिए । यसै अबसरमा प्रमुख अथितिका रुपमा कार्यक्रममा सहभागी कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशज्वालाले कर्णाली प्रदेशका महिलाहरुलाई विभिन्न ठांउमा सहभागीता गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

उनले भने ‘संविधान निर्माणका क्रममा महिला सहभागिता ५० प्रतिशत हुनुपर्ने आवाज आंफुहरुले बारम्बार उठाएपनि मुस्किलले ३३ प्रतिशत सहभागीता महिलाका लागी संविधानमा उल्लेख छ । अब कर्णाली प्रदेशमा महिलाको सहभागीता हुनुपर्छ नभए विकास सम्भव छैन ।’ 


उनले थपे ‘आधाआकास ढाक्ने महिलाको सहभागीता कम भयो भने विकासले गती लिन सक्दैन त्यसैले नितिनिर्माण तथा हरेक क्रियाकलापहरुमा महिलाहरुको अत्याधिक सहभागीता जरुरी छ ।’ कर्णाली प्रदेशका सबै मन्त्रालयहरु अपाङ्गमैत्री बनाउने गृहकार्य समेत भईरहेको मन्त्री ज्वालाले बताएका छन् ।


सामाजिक विकास मन्त्री दल रावलले आङ्खनो मन्त्रालयको कार्यक्षेत्रमा महिला पनि पर्ने भएकोले यसमा विशेष पहल रहने बताएका छन् । उनले भने ‘सदियौं देखि कर्णालीका महिला पिडित छन् अब पिडालाई अबसरमा बदल्नुपर्छ ।’ कार्यक्रम महिला अधिकारलाई सुनिश्चित गर्नको लागी प्रतिवद्धता सहित सामुहिक हस्ताक्ष्ँर समेत गरिएको छ ।

 

कार्यक्रम विरेन्द्रनगर नगरपालीकाका उपप्रमुख मोहनमाया ढकालको अध्यक्षता र आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

 

२०७४ फागुन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्