२६ फागुन । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकली निवासी राधा चौधरी बिहीवार बिहान आफ्नो आँगन सफा गरिरहेकी थिइन । गाउँकै ६÷७ जनाको समूहमा आएका युवाले जबर्जस्ती आँगन सफा गर्ने कुचो फालेर हात बाँधेर आफूसँगै लिएर गए । उनीहरूले नजिकै रहेको किस्मती चौधरीको आँगनमा रहेका रामप्रसाद चौधरी उर्फ भोलेबाबा भएको ठाउँमा पुर्याए ।
उनीसामृु पुर्याए लगत्तै पहेलो लुंगी र नीलो रंगको स्विटर लगाएका ती पाखण्डी भोलेबावाले ‘तँ बोक्सी हो’ भन्दै राधामाथि कुटपिट सुरु गरे । राधामाथि यातना सुरु गरिएको त्यस स्थानमा गाउँका भद्रभलादमीसहित सयौँ मानिस गोलो घेरा बनाएर रमिता हेरिरहेका थिए ।
भोलेबाबासँगै रहेकी पार्वती, जो बिरामीको नाटक गरिरहेकी छन, उनी राधामाथि झम्टिन्छन । बिरामी भने पनि भोलेबाबाभन्दा बढी जोश र जाँगरका साथ उनैले राधालाई कुटपिट गरिरहिन । उनी निरन्तर भोलेबाबाको आदेश मान्दै राधालाई लछारपछार पार्दछिन्, राधालाई कुटपिट गर्दै उनले लगाएको सल पनि फाल्दिन्छिन् । भोलेबाबा ‘पार्वती उठ् जा, भन्दै राधामाथि कुट्न सुरु गर्दछन् । दुई हातको मुड्की बनाएर भोलेबाबाले राधाको ढाडमा निरन्तर हिर्काउँछन् । राधा ‘एैया बा बा एैया‘।’ भन्दै निरन्तर चित्कार निकाल्छिन् । असह्य पीडा खेपिरहेकी राधामाथि पुनः भोलेबाबाले ‘बोल तुम कौन हो बोल’ भन्दै पिट्छन् । राधाले पिट्न रोक्नुहोस् सबै भन्छुभन्दा पनि भोलेबाबाले पिट्न छाड्दैनन् । उनिमाथि निरन्तर पिटिरहन्छन् ।
राधाले आफू अवोध भएको भन्दै नपिट्न पटकपटक विन्ती गर्दा पनि कसैले उनको आवाज सुन्दैनन् । पिटाइबाट उनको ढाडबाट रगत निस्किएपछि तान्त्रिकले ‘देखो खुन निकल रहाहे, बोल नही तो मार दुंगा’ भन्दै पुन निरन्तर पिटिरहन्छन । त्यसपछि पार्वती भन्ने युवतीले राधामाथि पुन लात्तीले पिट्न थाल्छिन् । राधालाई धुलै रहेको आँगनमा लडाएर लात्तीले पेट र स्तनलगायतका संवेदनशील अंगमा निरन्तर कुटपिट गरिरहन्छिन् । त्यसक्रममा राधाले त्यो पीडा सहन नसकेर ठूलो चित्कार निकाल्दा पनि सयौँको संख्यामा जम्मा भएका स्थानीयवासी सडक नाटकजस्तै गरेर रमिते भएर हेरिरहन्छन् । पार्वतीले उनलाई कपाल तान्दै लछारपछार बनाएर घुमाउँदै लात्तले पेटमा निरन्तर पिटिरहन्छिन् ।
त्यसैक्रममा कसैले प्रहरीलाई यो घटनाका बारेमा जानकारी दिइन्छ । घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय सुखडबाट गएको प्रहरी टोलीले राधाको उद्धार गरी भोलेबाबा भनिने रामप्रसादलाई प्रक्राउ गरी ल्याउँछ । तर, गाउँले र स्थानीय जनप्रतिनिधिले इलाका प्रहरी कार्यालय सुखड पुगेर मिलापत्रको नाममा उनलाई बिहीबार साँझ नै छुटाएर लैजान्छ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकाया र पीडित राधाका बुबा जोखन चौधरीबीच मिलापत्र भएको प्रहरीले स्वीकार गरेको छ ।
मिलापत्रमा घटनाका क्रममा पीडित राधाको सुनको सिक्री हराएको हुँदा त्यसको क्षतिपूर्ति र उपचार खर्च दिने भनी मिलेर गएको कैलाली जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराले जानकारी दिए । तर, पीडित राधाका बुबा जोखनले आफूलाई जबरजस्ती मिलापत्र गराइएको भन्दै शुक्रबार बिहान पुनः चौधरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनलाई प्रक्राउ गरिएको बोहराले बताए ।
प्रक्राउ परेका चौधरीलाई अहिले जिप्रका कैलालीमा राखिएको छ । सार्वजनिक अपराधको मुद्दा लगाउने गरी आइतबार म्याद थपका लागि जिल्ला अदालत कैलालीमा लैजाने प्रहरीले जानकारी दिएको छ ।
कुटपिटका कारण बिहीबार राती मात्र होस खुलेकी राधाको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा समेत गम्भीर चोट लागेको छ । पीडित राधा चौधरी सेती अञ्चल अस्पताल धनगढीमा जीवनमरणको दोसाँधमा छिन् । प्रहरीले राधाको वयान लिने र वयानमा अन्य व्यक्तिको नाम आए उनीहरूलाई पनि प्रक्राउ गरी आवश्यक अनुसन्धान गरिने डिएसपी बोहराले जानकारी दिए ।
अञ्चल अस्पताल धनगढीमा भेटिएका राधाका पिता जोखनले भने, ‘घटना एकाएक भयो, छोरीको हातखुट्टा बाँधेर लगेर गए,’ भक्कानिँदै उनले अगाडि भने, ‘आपूm त्यहाँ पुग्दा नपुग्दै सयौँ मान्छे जम्मा भइसकेका रहेछन् ।’ जोखनले ‘हामी एक्लाको कुरा कसले सुन्ने रु’ पीडित राधाकी आमा फूलकेशरी चौधरीले पनि स्थानीयवासीले कुटपीट रोक्नुको सट्टा ताली बजाउने गरेको पीडा बताइन् । राधाले पनि आपूmलाई त्यहाँ लगिएपछि एक्कासि कुटपिट गर्न थालेको बताइन् ।
‘त्यहाँ बाबालाई रोक्न कसैले पनि प्रयास गरेनन्, मेरा संवेदनशील अंगदेखि शरीरभरि कुटपीट भयो’, राधाले भनिन् । मिलापत्र गराएर चौधरीलाई थुनामुक्त गरेर लगेको भनेर चौतर्फी विरोध भएपछि नगर प्रमुख चौधरीले भने घटनाबारे आफूलाई कुनै जानकारी नै नभएको प्रतिक्रिया दिए ।
(जनताटाइम्सवाट)
प्रतिकृया दिनुहोस्