Birendranagar Municipality

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ मत प्राप्त

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ मत प्राप्त

फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ सांसदबाट विश्वासको मत पाएका छन् ।


माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । त्यसक्रममा उनले भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै सत्तापक्ष र प्रतिपक्ष नभनी मिलेर जान प्रस्ताव राखे ।

 

सम्बोधनका क्रममा अधिकांश दलले समर्थन गरेपनि कांग्रेसले प्रतिपक्षमा बस्ने धारणा राखेको हो ।

 

लगतै भएको मतदानमा प्रधानमन्त्री ओलीले २०८ मत पाएका छन् । सत्तारुढ एमाले र माओवादीका साथै संघीय समाजवादी फोरम, राजपासहित केही साना दलले ओलीको पक्षमा मत दिएका छन् ।

 

प्रधानमन्त्री ओलीको विपक्षमा ६० मत खसेको छ । कांग्रेसका साथै नेमकिपाले ओलीलाई मत दिएनन् । आइतबारको बैठकमा २६८ सांसद उपस्थित थिए ।

 

दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

(अनलाइनखवरवाट)

२०७४ फागुन २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्