२८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान धवनमार्गमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो । विमानमा लागेको आगो नियन्त्रणमा आएको छ र उद्दार टोलीले उद्दार कार्य जारी राखेका छन् । १४ जनालाई उद्दार गरी अस्पताल पठाइएको जनाइएको छ ।
विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।
प्रतिकृया दिनुहोस्