Birendranagar Municipality

राष्ट्रिय सभा अध्यक्षमा गणेश निर्विरोध

सेरोफेरो
राष्ट्रिय सभा अध्यक्षमा गणेश निर्विरोध

२८ फागुन । । एमालेका तर्फबाट राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार बनेका गणेश तिमिल्सिना निर्विरोध बनेका छन्। नेपाली कांग्रेसले राष्ट्रियसभामा उम्मेदवारी नदिएपछि तिमिल्सिना निर्विरोध बनेका हुन् ।

 

उम्मेदवार गणेश तिमिल्सिनाले संसदमा सोमबार उम्मेदवारी दर्ता गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानै बाट बैठक बसेर राष्ट्रियसभाको अध्यक्षको उम्मेदवारटुङग्याएको हो ।

 

५९ सदस्यीय राष्ट्रियसभाको अध्यक्षको मनोनयन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्धारण गरिएको थियो । वाम गठबन्धनमा राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको छ।

२०७४ फागुन २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्