Birendranagar Municipality

रुगा बासीले अव कर्णालीको दुषित पानी पिउन नपर्ने

शुभाकर विश्वकर्मा/मुगु
रुगा बासीले अव कर्णालीको दुषित पानी पिउन नपर्ने

२९ फागुन । गाउँमा पहिलो पानीको धारा निर्माण भएर पानी आउन थाले पछि छायानाथ रारा नगरपालिका १३ रुगावासीका स्थानिय खुसी भएका छन् । विगत लामो समय देखी कर्णाली नदीको दुषित पानी पिउन बाध्य उनीहरु गाउँ मै धारा निर्माण पछि खुसी भएका हुन् ।

 

अव गाउँदेखी बाह्रै महिना कर्णाली नदीको दुषित पानी पिउनबाट उनीहरुलाई छुटकारा मिलेको हो । रुगा गाँउका १ सय ५० घरधुरीले पहिलो पटक धाराको पानी पिउने अवसर पाएका हुन् । यसबाट ७ सय १० जना स्थानिय लाभान्वित भएका छन् । रुगा गाँउकी बर्ष ३७ की हरीकन्या नेपालीलाई स्थानिय संस्थाको सक्रियतामा गाउँमा पानी आएपछि खुसी लागेको छ ।

 

आफु जन्मेदेखी नै कर्णालीको दुषित पानी पिउने गरेकोे बताउने नेपाली मात्रै होईन यहाँका हरेक नागरिकहरुको खुसीको सिमा नै छैन गाउँमै खानेपानीको व्यवस्था भएपछि । स्थानिय सस्था हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र को १ लाख ९६ हजार ९ सय ६ रुपैया, गुड नेवर ईन्टरनेसनल बाट ३ लाख ७ हजार ९ सय ६ रुपैया र स्थानिय जनताको श्रमदान १ लाख ३१ हजार ८सय ८५ रुपैया गरी जम्मा ६ लाख ३६ हजार ६ सय ९४ रुपैयाको लगानीमा रुगा गाँउमा खानेपानी पुगेको हो ।

२०७४ फागुन २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्