तस्बिरः बिबिसी
३० फागुन । 'म मृत्युसंग डराउँदिन तर त्यसो भन्दैमा मलाई मर्न हतार भने भएको छैन । मर्नुअघि मैले गर्ने कामको लामो सूची छ ।' कुनै बेला यस्तो भनेका विश्वविख्यात बैज्ञानिक स्टेफन हकिङको ७६ बर्षमा निधन भएको छ । बेलायतको क्याम्ब्रिजस्थित निवासमा बुधबार बिहान उनको निधन भएको हो ।
हकिङ्ग न्युटनपछिका ठूला बैज्ञानिक मानिन्छन् । अन्तरिक्षमा रहेको ब्ल्याक होलबारे खोज गरेका उनी खगोलशास्त्रका बैज्ञानिक हुन् । रोगका कारण उनको शरीरका थुप्रै भाग चल्दैनथ्यो । सर्वाधिक बिक्रि भएको पुस्तक अ ब्रिफ हिस्ट्री अफ टाइमका लेखक हकिङ्गलाई अमेरिकाले सबैभन्दा उच्च नागरिक सम्मान दिएको छ ।
ह्वीलचेयरमा मात्र हिँडडुल गर्ने तथा ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले बोल्ने हकिङ क्याम्ब्रिज विश्वविद्यालयमा सैद्धान्तिक ब्रम्हाण्ड विज्ञान केन्द्रका शोध निर्देशक समेत थिए । पारमाणिक युद्धको जोखिम, विश्वव्यापी जलवायु परिवर्तनजस्ता कारणले पृथ्वीको आयुमा चुनौति थपिरहेको र यसले मानव जातिनै लोप हुनसक्ने उनले बताएका थिए ।
हकिङको जन्म ८ जनवरी १९४२ मा बेलायतमा भएको थियो । हकिङको मृत्युपछि परिवारले जारी गरेको विज्ञप्तिमा उनलाई मृत्युपर्यन्त पनि सम्झिरहने लेखिएको छ ।
प्रतिकृया दिनुहोस्