३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै फर्मूलाका आधारमा सरकार सञ्चालन नगर्ने बताएका छन् । बुधबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा उनले काम गर्दै जाँदा बरु नयाँ नयाँ फर्मूला बन्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रिय सभा र प्रदेशसभाका सांसदहरुलाई धन्यवाद दिन आयोजित चियापानमा उनले संविधान संशोधनमा पनि सरकार कठोर नभएको बताएका छन् । उनले भने, ‘संविधान समयको माग अनुसार संशोधन हुन्छ, तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पर्ने गरी हुँदैन । देशलाई थप मजवुत र एकतावद्ध पार्नका लागि हुन्छ ।’
उक्त चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकालाई आतंककारी क्रियाकलाप सह्य नहुने बताएका छन । उनले भने ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ, कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा पनि दोहोर्याए । उनले भने, 'भ्रष्टाचार गर्नेलाई अनुहार नहेरी निर्मम भएर तह लगाइन्छ ।'
ओलीले सांसदहरुलाई मर्यादामा बस्न पनि निर्देशन दिएका छन । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका प्रयोग गर्न उनले सांसदहरुलाई आग्रह गरे ।
प्रतिकृया दिनुहोस्