३० फागुन । अभिनेत्री केकी अधिकारीद्वारा निर्मित ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत सार्वजनिक भएको छ ।
युवामाझ लोकप्रिय कलाकार कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको एनिमेटेड भिडियो विजय बस्यालले तयार पारेका हुन् ।
विशाल भण्डारीले निर्देशन गरेको उक्त फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ । कोहलपुर एक्सप्रेस २०७५ बैशाख १४ मा रिलिज हुनेछ ।
प्रतिकृया दिनुहोस्