Birendranagar Municipality

भोट हाल्न नयाँ परिचयपत्र

भोट हाल्न नयाँ परिचयपत्र

२७ बैशाख, काठमाडौं– बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा भोट हाल्न नयाँ मतदाता परिचयपत्र लिनुपर्ने भएको छ । फोटोसहितको नयाँ मतदाता परिचयपत्र बैशाख २८, २९ र ३० गते वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिन्छ ।


प्रथम चरणमा हुने तीनै प्रदेशका मतदातालाई समयमै परिचय पत्र लिन आयोगले आग्रह गरेको छ । आयोगको सूचनामा भनिएको छ–‘सम्पूर्ण मतदाताहरुले आ–आफ्नो मतदान केन्द्रमा गई खटिएको मतदान टोलीबाट आफ्नो मतदाता परिचयपत्र प्राप्त गर्नुहुन अनुरोध छ ।’

२०७४ बैशाख २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्