Birendranagar Municipality

कलाकारिता र व्यापार संगसंगै

सेरोफेरो/सुर्खेत
कलाकारिता र व्यापार संगसंगै

१ चैत । म्युजिक भिडियो खेलेर छोटो समयमै नाम कमाउन सफल विशाल ढकाल (विन्द्रप्रसाद जैसी) व्यापार व्यावसायमा पनि उत्तिकै चिनिएका ढकाल हाल ६ प्रदेश आइडलमा कार्यकारी सम्पादकको भुमिका निभाइरहेका छन् ।

 

दैलेखको नौमुले तोलीमा जन्मिएका उनी मोडल र व्यापार दुबै क्षेत्रबाट राम्रो कमाइ गर्छन् । निर्मल प्याकुरेल र चिरन्जीवि सापकोटाको सहायताबाट कलाकारितामा करियर शुरु गरेका ढकालले पछि व्यापार पनि बने ।

 

ढकालले चिरन्जिवी सापकोटाको लोक दोहोरी गीत ‘उनकै निम्ति यो ज्यान साचेको छु’ गीतमा पहिलोपटक अभिनय गरेका हुन् । हालसम्म उनले पाँचवटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । ढकालले आफ्नै लय, शब्द र स्वरमा दुई गीत सार्वजनिक गरेका छन् ।

 

नेपाली चलिचत्रमा पनि ढकालले अभिनय शुरु गरेका छन् । कर्णाली प्रदेशमा लुकेका प्रतिभाको उजागर गर्न ६ प्रदेश आइडल सञ्चालन गरेको उनले बताए । आइडलमा पहिलो हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र सान्त्वना पुरस्कार पचास हजार रहेको छ ।


कलाकारिता र व्यावसाय संगसंगै अघि बढाउने बताउँदै आएका ढकालले प्रदेशको पहिचानलाई थप उच्च बनाउन लागिपर्ने बताए ।

२०७४ चैत १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्