२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जसमा एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले सपथ लिने कार्यक्रम छ ।
आज थपिने मन्त्रीमा माओवादीबाट गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत छन् । जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री हुने बताइएको छ । तर त्यसको अन्तिम निर्णय भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् । माओवादीले शिक्षा, उर्जा, कृषि, वन, सिँचाइ मन्त्रालय पाएको छ।
एमालेले परराष्ट्र, भौतिक पूर्वाधार, स्थानीय विकास, पर्यटन, सामान्य प्रशासनलगायत ९ मन्त्रालय पाएको छ । एमालेबाट मन्त्री बन्नेमा प्रदीप ज्ञवाली र रघुवीर महासेठको नाम टुंगिए पनि अरुको नाममा छलफल जारी रहेको स्रोतले जनाएको छ ।
यसैगरी संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव सहरी विकास र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ स्वास्थ्य मन्त्री बन्ने सम्भावना छ ।
सरकारले यसअघि कायम गरिएका १७ मध्ये तीन मन्त्रालय फुटाएर २० बनाउने निर्णय पनि गरेको छ।
प्रतिकृया दिनुहोस्