Birendranagar Municipality

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार : को को अटाए ओली टिममा?

सेरोफेरो/काठमाडौं
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार : को को अटाए ओली टिममा?

२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले शुक्रबार एमाले र माओवादी केन्द्रबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप गरेका हुन् ।

 

नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । लगतै राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष सपथ लिएका छन् ।

 

को/को बने मन्त्री?
एमालेबाट
प्रदीप ज्ञवाली, परराष्ट्र

गोकर्ण विष्ट, श्रम तथा रोजगार

रविन्द्र अधिकारी, पर्यटन
रघुवीर महासेठ, भौतिक पुर्वाधार
शेरबहादुर तामाङ, कानुन
जगत विश्वकर्मा, युवा तथा खेलकुद

 

माओवादी केन्द्रबाट
वर्षमान पुन, उर्जा तथा जलस्रोतमन्त्री
गिरिराजमणि पोखरेल, शिक्षामन्त्री
शक्ति बस्नेत, वन
चक्रपाणि खनाल, कृषि तथा सहकारी
विना मगर, खानेपानी

 

को को बने राज्यमन्त्री ?
एमालेबाट
गोकुल बास्कोटा, सञ्चार

पद्मा अर्याल, स्वाथ्य 
धनबहादुर बुढा, पर्यटन 

 

माओवादी केन्द्रबाट
रामकुमारी चौधरी, कृषि 

 

प्रधानमन्त्री ओलीले वातावरणमन्त्री रहेका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।


यससँगै २२ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधान बमोजिम संघीय सरकारमा २५ जनासम्म मन्त्री रहन सक्ने व्यवस्था छ ।

२०७४ चैत २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्