Birendranagar Municipality

ट्रयाक राउण्डबाट १० प्रतिष्पर्धी छानिए

सेरोफेरो/सुर्खेत
ट्रयाक राउण्डबाट १० प्रतिष्पर्धी छानिए

३ चैत । सिङ्गारो म्युजिकको आयोजनामा वीरेन्द्रनगरमा भइरहेको प्रदेश आईडलको ट्रयाक राउण्ड सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त राउण्डबाट १० जना प्रतिष्पर्धी छानिएका छन् ।


चाथौ अडिसनमा छानिएका १३ जनामध्ये निर्णायक मण्डल र लाइभ भोटिङबाट उक्त १० जना छानिएका हुन् । छानिएका १० जनामा पेमा सन्दुक लामा, आशिष बुढा, विराज थापा मगर, सावित्री अधिकारी, खाड जि परियार, महेन्द्र बिक, सागर हमाल, हिम्मत शाही, रवी वड र खगिसरा शाही छन् ।


अर्को राउण्डका लागि आइतबारदेखी भोटिङ खुला गरीने आयोजकले जनाएको छ । आफूलाई मन पर्ने प्रतियोगीलाई मोबाइलको म्यासेज बक्समा गई 6PI लेखी एक खाली ठाउँ (स्पेस) छोडी १ देखी १० सम्म रहेको नम्बर लेखी ३३००१ मा पठाउन सकिने छ ।

२०७४ चैत ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्