Birendranagar Municipality

बुलबुले तालमा डुङ्गा परिक्षण

सेरोफेरो/सुर्खेत
बुलबुले तालमा डुङ्गा परिक्षण

३, चैत । सुर्खेतमा रहेको बुलबुले तालमा शनिबार देखी १५ दिनको लागी डुङ्गा परिक्षण शुरु गरिएको छ । १५ दिनको परिक्षण पश्चात निरन्तर रुपमा बुलबुलेमा डुङ्गा सञ्चालन गरिने नगर विकास समितिका अध्यक्ष नारायण कोईरालाले बताएका छन् । कर्णाली प्रदेशको राजधानी तोकिए लगत्तै विरेन्द्रनगर सुर्खेतका पर्यटकीय स्थलहरुको सुधार निरन्तर रुपमा हुंदै आएको छ ।

 

पर्यटकीय क्षेत्रको रुपमा बुलबुलेलाई देशभरी नै परिचित गराउनको लागी कोईराला अध्यक्ष भएपछि बुलबुले उद्यानको सुधार गर्दै आएका छन् । प्रतिक्षालय निर्माण, फुलका बगैचाहरु, चिल्ड्रेनपार्क, गौतम वुद्धको मुर्ति लगाएतलाई व्यवस्थीत गरी उद्यानलाई अझ शुन्दर र रमणीय बनाउने कार्यमा नगरविकासको जोड छ ।

 

उनले भने ‘बुलबुले तालको पानी केही फोहोर छ । कहाँ र कसरी डुङ्गा सञ्चालन गर्दा सुरक्षीत भईन्छ त्यसको लागी १५ दिन डुङ्गा परिक्षण गर्न लागीएको हो । १५ दिनको परिक्षण पछि निरन्तर रुपमा डुङ्गा सञ्चालन हुन्छ ।’

Dunga

डुङ्गा सञ्चालन पर्यटन व्यवसायी समुन्द्र गौतमले गर्नेछन् । व्यवसायी गौतमले परिक्षणको लागी एउटा मात्र डुङ्गा ल्याएका छन् । १५ दिनको परिक्षण पछि वार्षीक रुपमा नगर विकास समीतीले व्यवसायी संग सम्झौता गरेर केहि शुल्क तोक्ने र डुङ्गा सञ्चालनका लागी गौतमलाई नै जिम्मा दिने तयारी गरेको छ ।

 

डुङ्गा व्यवसायलाई सुरक्षीत बनाउनको लागी बिमा पनि गरिने भएको छ । कोईरालाले थपे ‘डुङ्गामा चढ्नेका लागी बिमाको समेत व्यवस्था गरिने छ । र व्यवसायीलाई आवश्यक सबै सेफ्टिको व्यवस्था गर्न सुझाब समेत दिईएको छ ।’


पर्यटकको मागअनुसार नै यो बुलबुलेमा डुङ्गा सञ्चालन गरिएको हो । आगामी दिनमा पर्यटकको माग अनुसार डुङ्गा थप गर्दै लैजाने समेत कोईरालाको योजना छ ।

२०७४ चैत ३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्