Birendranagar Municipality

रोल्पाका १२१ विद्यार्थीले एसइई दिन नपाउने

सेरोफेरो /रोल्पा
रोल्पाका १२१ विद्यार्थीले एसइई दिन नपाउने

४ चैत । रोल्पाका १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।


विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । शिक्षा नियमावलीअनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ ।


विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेका अनुसार शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्दै विद्यालययमा ७५ प्रतिशत हाजिर हुने विद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको भए पनि उक्त प्रावधान पूरा नगर्ने विद्यार्थीले परिक्षा दिन नपाउने भएका हुन ।


रोल्पामा यस वर्ष सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेड र ग्रेडवृद्धि गरी तीन हजार ५९२ जना विद्यार्थी परीक्षामा सामेल हुने भएका छन् । एक महिला केन्द्राध्यक्षसहित १८ केन्द्रमा परीक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय, रोल्पाले बताएको छ ।

२०७४ चैत ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्