Birendranagar Municipality

बा–आमा अध्यक्ष श्रीमती प्रमुख अतिथि

बा–आमा अध्यक्ष श्रीमती प्रमुख अतिथि

२७ बैशाख, सुर्खेत– वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख (मेयर) पदका स्वतन्त्र उम्मेदवार गेहेन्द्र प्रसाद दाहालले बुधबार वीरेन्द्रनगरमा चुनावी सभा गरेका छन् । उक्त सभाको अध्यक्षता बुबा कृष्णप्रसाद दाहाल र आमा विष्णुकुमारी दाहालले गरेका थिए भने प्रमुख अतिथिमा धर्मपत्नी भुमिसरा दाहाल रहेकी थिइन् ।


शिक्षा क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका दाहाललाई वीरेन्द्रनगरमा सशक्त उमेदवारको रुपमा हेरिएको छ । उक्त सभामा विभिन्न समूदायका प्रतिनिधिहरुलाई विशिष्ट अतिथि बनाईएको थियो । कलाकार नन्दा बस्याल, भुमि अधिकार मञ्चका अध्यक्ष पहलसिं पहराई मगर, चौधरी समूदायका गौरी चौधरी र यगलाल चौधरी, दलित समूदायबाट टोपबहादुर नेपाली लगाएत अतिथि रहेका थिए ।


दाहालले कुर्चीमा बसेर झण्डा हल्लाएर मात्र देशको विकास नहुने बताएका छन् । ‘देशमा नेता त धेरै छन् तर नेतृत्व गर्न सक्ने क्षमता भएका कम छन् । मेरो उमेदवारी काम गर्नका लागि हो’, उनले भने । जनताका समस्यालाई समाधान नगर्ने नेतालाई भोट माग्ने हक पनि नभएको उनले बताए ।

 

२०७४ बैशाख २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्