Birendranagar Municipality

काठमाडौंका युवाको अभियान ‘मेरो धरहरा मै बनाउँछु’

सेरोफेरो/काठमाडौं
काठमाडौंका युवाको अभियान ‘मेरो धरहरा मै बनाउँछु’

४ चैत । काठमाण्डौंका युवाले धरहरा निर्माणमा भएको ढिलाइ भइरहेको बेला ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियान सुरु गरेका छन् । भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्थानियहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।


अभियान अन्तर्गत पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम बनाएका छन् । ‘हाम्रो राष्ट्रिय सम्पदा जोगाऔं, धरहरा बनाउँ, हस्ताक्षर अधियानमा सहभागी बनौं’ भन्ने ब्यानरसहित हस्ताक्षर संकलन गरिरहेका अभियन्ताहरुको ५१ हजार १ सय १ रुपैंया जम्मा गर्ने कार्यक्रम पनि रहेको छ ।


अभियानलाई मुर्त रुप दिन खिचापोखरी युवा क्लबसहित स्थानीयहरु मनोज शम्सेर जवरा, वेदप्रकाश गौतम, रामेश्वर शिवा, कर्ण शाही, कृष्ण केसीलगायतको अगुवाईमा संघर्ष समिति बनाएका छन् । ‘यो शांकेतिक शुरुवात हो, धरहरा बनाउने प्रतिबद्धतासहित शिलान्यास नभएसम्म हाम्रो चरणबद्ध दबाबमुलक कार्यक्रम अगाडि बढि नै रहनेछ’ स्थानीय वेदप्रकाश गौतम भने, । आफुहरु धरहरा बनाउन श्रमदान गर्न पनि तयार रहेको बताउने उनीहरुले प्रदेश प्रमुख, महानगर लगायत सबैको ध्यानाकर्षण गराउने कार्यक्रम पनि अगाडि बढाईएको जानकारी दिए ।


यस्तै खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डंगोलले धरहरा ढलेपछि भूकम्पको त्रास बढेको र त्यसलाई मेटाउन पनि धरहरा तत्काल बन्नुपर्ने बताए । उनले भने, ‘यसलाई व्यापारिक प्रयोजनमा लैजानुहुँदैन । सरकारले संरक्षणका लागि यसको ठेक्का दिएको हो । पर्यटकीय हिसाबले यसको संरक्षण गर्दै ढलेको धरहरा तत्काल बन्नुपर्छ ।’

२०७४ चैत ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्